
धनकुटा । धनकुटाका विभिन्न स्थानमा साेमबार राति र मंगलबार बिहान भएको आगलागीमा ८० लाख मूल्य बराबरको क्षति भएको छ ।
सामुदायिक वनबाट लागेको आगोले धनकुटाको महालक्ष्मी नगरपालिका-२ सान्नेटारका राजकुमार कट्टेलको घर पूर्ण रुपमा जलेर नष्ट भएकाे हाे । आगलागीका कारण कट्टेलको घरमा भएकाे अन्नपात र लत्ता कपडा लगायतका अन्य सामान जलेर नष्ट हुँदा १६ लाख मूल्य बराबरको क्षति भएको छ ।
त्यस्तै, सोही स्थानमा चेतबहादुर रायको घर जल्दा अन्नपात लत्ता कपडा लगायतका अन्य सामान गरी ८ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस्तै, मंगलबार बिहान धनकुटा सदरमुकाम-७ मा रहेको बिमला सन्तोषी राई र सञ्जय सन्तोषी राईले संचालन गर्दै आएको जनविश्वस अफसेट प्रेसमा विद्युत सर्ट भएर आगलागी भएकाे छ ।
आगलागी हुदाँ ५५ लाख मूल्य बराबरको अफसेट प्रेसको सामान जलेर नष्ट भएको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्