
कैलाली । कैलालीको धनगढी जेसिजले हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
वैशाख १ गते देखि धनगढी रंगशालाबाट साता व्यापी खेल सुरू हुने जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिनुभयो ।
म्याराथन प्रतियोगितामा विभिन्न ४ विधा समावेश गरिएको छ ।
म्याराथन प्रतियोगितामा खुला २१.१ किलोमीटर, कर्पोरेट र सञ्चार ५ किलोमीटर, ट्राइसाइकल रेस ५ किलोमीटर र महिला ५ किलोमीटर गरी चार विधा आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताउनुभयो ।
म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार पाँच सय ५५, ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद प्राप्त गर्नेछन ।
प्रतिक्रिया दिनुहोस्