१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छथर जोरपाटी गाउँपालिकाले सुरु गर्‍यो टोल फ्रि सेवा सुरु


4.173k
Shares

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका वडा नं ६ धनकुटाको नागरिकहरुलाई सेवा दिन उद्देश्यका साथ टोल फ्रि सेवा सुरु गरेको छ ।

वडा कार्यालयले काम कारबाहीलाई पारदर्शी, सुशासन र जवाफदेही बनाउनको लागि गत सातादेखि सेवा सुचारु गरिएको हो ।

वडालाई नमुना बनाउने लक्ष्यका साथ वडा कार्यालयमा टोल फ्रि न १८१०५०००१०६ मा फोन गर्दा पैसा नलाग्ने निःशुल्क टेलिफोन सेवा संचालनमा ल्याएको हो ।

अब नागरिकहरुले वडा कार्यालयमा निःशुल्क फोन गर्न पाउने भएका छन । नागरिकहरुले विभिन्न गुनासो, वडावासीहरुको समस्या गुनासो सिधै वडा कार्यालयमा राख्न पाउने भएका छन ।

वडाका नागरिकहरुलाई प्रविधि सँग जोड्न यस अघिबाट नै फ्रि वाईफाई सेवा दिँदै आएको थियो ।

वडामा बसोबास गर्दै आएका नागरिकहरुलाई निःशुल्क फोन सेवा दिनका निम्ती सेवा सञ्चालनमा ल्याएको वडाध्यक्ष दिपक गुरुङले बताउनुभयो ।

वडाले टोल फ्रि सेवा सुरु गरेपछि कुनै पनि समयमा नागरिक सँग मोबाईलमा पैसा नभए पनि कल गर्न सहज भएको छ । वडाले सेवा सुरु पछि नागरिक र वडा कार्यालयलाई जोड्न सहज भएको स्थानीय चुइन्द्र बस्नेतको भनाई छ ।

परिर्वतन र विकास गर्न ठुला ठुला योजना मात्र नभई यी र यस्ता देख्दा साना देखिने तर नागरिकहरुले प्रत्यक्ष सेवा दिने कार्यक्रमहरु प्रभावकारी बन्छन् ।