
काठमाडौं । नेपालको मुद्राको ईतिहास धेरै लामो छ । पशुपति, लिच्छविकाल, मल्लकाल, शाहकाल हुँदै हालसम्म हाइपुग्दा नेपालमा विभिन्न किसिमका मुद्रा एंव कागजी नोटहरु चलन चल्तीमा आएका छन् । पछिल्लो समय विभिन्न कालखण्डका मुद्राहरु संकलन गर्ने तथा खरीद बिक्री गर्नेहरुको पनि जमात बढ्न थालेको छ ।
लक्ष श्रेष्ठले मुद्रा संकल गर्न थालेको आठ वर्ष भयो । वि.स.२००२ सालमा छापिएको पहिलो पाँच, दश, र एक सयका नोटदेखि हाल चलनचल्चीमा रहेका नोटहरुको संकलन उहाँसँग छ । यी सबै नोटको संकलन गर्न उहाँको करिब एक करोड रुपैयाँ खर्च भयो भने संकलनका लागि मेहनत पनि त्यत्तिकै लाग्यो । विभिन्न कालखण्डका नोटहरुको संरक्षण र संकलन गर्ने रुची भएकाले आफूले नोट संकलन गर्न थालेको उहाँको अनुभव छ । मुद्रा संकलन गर्न ८ वर्षसम्म लागेको लक्ष श्रेष्ठ बताउनुहुन्छ ।
काठमाडौको बबरमलस्थित कला परिषद्मा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मुद्रा प्रदर्शनीमा मुद्रा संकल र अवलोकन गर्नेहरुको चहलपहल छ । लिच्छविकाल, मल्लकाल तथा शाहकालका सुन, चाँदी, फलामलगायतका धातुका सिक्कादेखि नेपालमा पहिलो पटक खञ्जानी जनकराज पण्डित र त्यसपछिका दुई खञ्जानी र त्यसपछिका गभर्नरले हस्ताक्षर गरेर छापीएका नोटहरु आफ्नो संकलनमा राख्नेहरु पनि धेरै छन् ।
त्यस्तै, विभिन्न देशले समय समयमा चलन चल्तीमा ल्याएका थुप्रै नोटको संकल संकलकसँग छ । सामान्यतया नेपालमा धेरैले आफूसँग विभिन्न समयका चलन चल्तीका नोटहरु संकलन गरेपनि हाल ३ सय ५९ सक्रिय नोट संकलहरु रहेका छन् । मुद्राको इतिहास जोगाउन मुद्रा संकलन गर्न जरुरी रहेको नेपाल न्युमिसम्याटिक सोसाइटीका संस्थापक अध्यक्ष सागरमान श्रेष्ठ बताउनुहुन्छ ।
मुद्रा संकलकहरुले नोटको प्रकृत्ती हेरेर मुद्रा खरीद बिक्री गर्ने गर्दछन् । यो मुद्राको यती नै रकम भन्ने यकिन हुँदैन । नयाँ खञ्जानीको समयका नोट तथा प्राचिन सिक्का प्रस्ट देखिने अक्षर नमेटिएको पाइएमा दशदेखि १५ लाखसम्ममा पनि खरीद बिक्री हुने गर्दछ । सिक्का तथा नोटले तत्कालीन समाजको विकास क्रम तथा सभ्यतालाई बुझाउन मद्दत गर्ने भएकाले मुद्राको संकलन र संरक्षण गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्