
काभ्रे । मध्यमार्ग कृषि सहकारी संस्थाले प्रविधिमैत्री कृषि अभियानका लागि कृषि सामाग्री वितरण गरेको छ ।
पनौती नगरपालिका वडा नम्वर ४ र ८ का उपभोक्ता कृषक सदस्यहरुका लागि ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराइएको हो । अध्यक्ष प्रदिप केसीले कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा उक्त सामाग्रीहरु उपलब्ध गराईएको जानकारी दिनुभयो ।
सहकारीमा आवद्ध कृषकहरुका लागि १५ थान ट्रयाक्टर, १ हजार थान सानो ठुलो टनेल, १ सय वटा स्प्रे र १० वटा मल्चिङ्ग वितरण गरिएको छ । कुल ७० लाख बजेट रहेको उक्त कार्यक्रममा ३५ लाख कृषकहरुले संकलन गरेका छन् भने ३५ लाख कृषि ज्ञान केन्द्र मार्फत प्रदेश सरकारले उपलब्ध गराएको हो ।
कृषि सामाग्री वितरण कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा, सहकारी रजिस्ट्रार इन्द्र अधिकारी, पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष वेदप्रसाद बञ्जारा लगायतले उत्पादन वृद्धिका लागि कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र व्यवसायीकरणकामा जोड दिनुपर्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्