
धनकुटा । चैते दशैको अवसर पारेर धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक निशान भगवती मन्दिरको मौलो परिवर्तन गरिएको छ ।
चैत्राष्टमीको अवसरमा श्री जंगी निशान भगवतीको मौलो नेपाली सेनाले शुभ साइतमा विशेष पुजा गरी परिवर्तन गरेको हो ।
निशान भगवतीको स्थापना १९ औ शताब्दीमा भएको मानिन्छ नेपाली सेनाका पुजारीले तथा स्थानीयले यस मन्दिरमा दैनिक पुजाआराधना गर्ने गर्दछन् भने नेपाली सेनाले बडादशै, चैते दशै लगायतका अवसरमा विशेष पुजा गर्ने प्रचलन रहि आएको छ ।
प्रतिक्रिया दिनुहोस्