
तेह्रथुम । तेह्रथुमको पिंगुवा खोलामा रहेको शिवथान मन्दिरमा पर्यटकको चहलपहल बढ्दै गएकोे छ ।
म्याङलुङ र लालीगुराँस नगरपालिकाको संगमस्थलमा रहेको शिवथान मन्दिरको पौराणिक धार्मिक महत्व रहेकाले पनि पर्यटकहरुको चहलपहल बढ्दै गएको हो । बाह्य पर्यटक बढेसँगै मन्दिरमा पछिल्लो समय पूजा आजा गर्ने दर्शनार्थीको संख्या पनि बढ्दै जान थालेको छ ।
पिंगुवा खोलामा प्राकृतिक तवरले निर्मित शिवथान मन्दिरको धार्मिक महत्व समेत रहेको छ । खोलाकोबीच भागमा रहेको शिवनाथ मन्दिरमा विभिन्न समुदायले विशेष पूजाआजा गर्ने गर्दछन् । ऐतिहासिक र धार्मिक महत्व बोकेको शिवथान मन्दिरमा वर्षौदेखि पूर्वजले पूजाआजा गर्दै आएको स्थानीय कालिबहादुर लिम्बुले बताउनुभयो ।
यस ठाँउमा, महाशिवरात्री, श्री पञ्चमी र साउन महिनाका साथै अन्य विभिन्न अवसरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । आन्तरिक पर्यटक आइरहने यस क्षेत्रमा पूजापाठ र दर्शन गरे मनोकांक्षा पूरा हुने जविश्वास रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्