
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले फोहोर मैलाको संकलन र व्यवस्थापन गर्नका लागि रिमाकेबल बिल्ड्स प्रा.लि काठमाडौंसँग सम्झौता गरेको छ।
योसँगै फोहोरको वर्गीकरण गरेर बार अनुसार फोहोर संकलन गरिने सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । नकुहिने फोहोरलाई निजी क्षेत्रले बिक्री गर्छ भने कुहिने फोहोरलाई प्रशोधन गरेर उत्पादन भएको जैविक मल नगरपालिकाले खरिद गर्ने बताउनुभयो ।
खरिद गरिएको मललाई कार्य विधि बनाएर किसानलाई अनुदानमा दिइने प्रमुख श्रेष्ठले बताउनुभयो । यस अघि फोहोरमैला व्यवस्थापनको लागि गरिएका कार्यविधि प्रभावकारी नभएकाले नयाँ योजनाका साथ अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो।
आगामी वैशाख १ गतेदेखि लागू हुने गरी २०८५ असारसम्मको लागि सम्झौता गरिएको उहाँले बताउनुभयो। अर्घाखाँचीको सन्दर्भमा फोहोरमैला संकलन एवं व्यवस्थापन कार्यमा पहिलो पटक नगरपालिकाको साझेदारी काम हुन लागेको अधिकृत भुसालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्