
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा गएराति माछा मारिरहेकाे अवस्थामा तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४१ वर्षे यो जोङ यु, ३६ वर्षीय गाहु र ४० वर्षीय यु स्या हु रहेको प्रहरीले जनाएको छ ।
गाउँपालिका करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनिया नागरिकसहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल, माछा समाउने जाली र बा १२ च २७७ नम्बरको हाईलक्स गाडीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पालिकाले उनीहरुलाई जनही ५/५ हजार जरिवाना गरेको छ। पालिकाले नदीखोलामा जाल हाल्ने, करेन्ट लगाएर माछा मार्ने लगायतकाे विभिन्न बन्द गर्न निर्देशनसमेत दिएकाे छ ।
सामाग्रीसहित उनीहरुलाई प्रहरी/प्रसासन कार्यालय स्याङ्जा ल्याएको र घटनाका बारेमा अनुसन्धान सुरु भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्