२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


सोह्रौं रामनवमी कप भलिबलकोे उपाधि झापालाई


78
Shares

धनकुटा । धनकुटाको हिलेमा भएको कोशी प्रदेश स्तरीय सोह्रौं रामनवमी कप भलिबल प्रगियोगिताको उपाधि झापाले जितेको छ ।

फाइनल खेलमा झापाले भोजपुरलाई ३-१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । झापाले २१–२५, २५–२०, २५–२१ र २५–२१ को सेटले पराजित गरेकाे हाे । झापाले उपाधिसँगै नगद १ लाख रूपैयाँ हात पारेको छ ।

त्यस्तै, दोस्रो भएको भोजपुरले भने नगद ५० हजार रूपैयाँमा चित्त बुझाएको छ । झापाले संखुवासभालाई पराजित गर्दै तथा भोजपुर सुनसरीलाई पराजित गर्दै फाइलनको यात्रा तय गरेकाे थियाे ।

त्यस्तै, तेस्रो स्थानको लागि भएको खेलमा ३-२ को सेटले सुनसरीलाई पराजित गर्दै संखुवासभाले तेस्रो स्थान हात पारको छ ।