
कैलाली । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दावी गर्नु भएको छ ।
धनगढीमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नेता रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताउनुभएकाे हाे । पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा रावलले एउटा पार्टी सदस्यको भूमिका समेत निर्वाह नगरेको उहाँकाे आराेप छ ।
उहाँले रावलले पार्टीकाे निर्णय नमानेको र अनुशासन समेत उल्लंघन गरेको बताउनुभयो । रावलले पार्टीको निर्णय नमानेको, अनुशासन उल्लंघन गरेको उहाँले आरोप लगाउनुभयो । पार्टी निर्णयका विरुद्ध पार्टीको खिलाफमा बोल्ने गरेको बताउदै उहाँले नेता रावलबाट पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेको बताउनुभयो ।
नेता रावलले एकपछि अर्को गल्ती गर्दै हिडेको बताउँदै यसरी हिड्दै गए पार्टी सोच्न बाध्य हुने उहाँले बताउनुभयो । एमालेको नेतृत्व बिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने पनि उपाध्यक्ष पौडलले बताउनुभयाे । अब एमालेले एकल बहुमत ल्याउने गरी संगठन विस्तार लगायतका काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
एमालेको नेतृत्व बिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने, देशलाई गतिशिल बनाउन नसक्ने उहाँले बताउनुभयाे । वर्तमान सरकार जसरी अगाडि बढ्दैछ, यसले स्थायित्व दिन नसक्ने पनि उपाध्यक्ष पौडलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्