२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुली महोत्सवबाट संकलित रकमले दमकल खरिद गर्ने


130
Shares

सिन्धुली । सिन्धुलीमा गत पाैष महिनामा सम्पन्न भएको सिन्धुली महोत्सवबाट संकलन भएको रकमले अत्याधुनिक दमकल खरिद गरिने भएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा गत पौष ८ देखि १८ गतेसम्म सिन्धुलीमाढीमा छैटौं सिन्धुली महोत्सव सञ्चालन भएकाे थियाे । साेही महोत्सवबाट संकलन भएको कुल ३१ लाख ६९ हजार ३ सय ६८ रुपैयाँसहित जिल्लाका स्थानीय तहहरुको सहयोगमा दमकल खरिद गरिने भएकाे छ ।

सिन्धुलीमाडीका लागि अत्याधुनिक दमकल खरिदको उदेश्य राखेर महोत्वस संचालन गरिएको थियाे । महोत्सवबाट संकलन भएकाे रकमले दमकल खरिद गरी सिन्धुलीवासीलाई विपद पर्दा सहयोग पुग्ने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो ।

सिन्धुलीमा ठूला आगलागीका घटना हुँदा दमकलको समस्या भोग्नु पर्ने बाध्यता रहेकाे छ । मानवीय कार्य गर्ने उदेश्यले संघले महोत्सव सञ्चालन गरेकाे थियो । अपुग रकम कमलामाई लगायतका सिन्धुलीका स्थानीय तहहरुले व्यवस्थापन गर्ने भएका छन् ।

दमकल जिल्लाका गाउँपालिका तथा संस्थाहरुबाट प्रतिवद्धता अनुसार रकम संकलन गर्ने याेजना रहेकाे छ। अपुग भएको रकम कमलामाई नगरपालिका मार्फत ब्यवस्थापन गर्ने पनि जनाइएकाे छ ।

चालू आर्थिक वर्षभित्रमा नै दमकल खरिदका लागि बजेट ब्यवस्थापन र सञ्चालन गर्ने कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रक्मार पोखरेलले बताउनुभयो ।