१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुमको आठराई पर्यटकीय हव बन्दै


117
Shares

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका पर्यटकीय हवको रुपमा विकास हुने भएको छ ।

ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थान भएकाले यस ठाउँलाई जिल्लाकै नमूना पर्यटकीय हवको रुपमाम विकास गर्न लागिएको हो । सडक सञ्जालले पनि यस पालिकाका सबै गाउँ वस्तीलाई जोडेको छ ।

तेह्रथुमको आठराई पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । गाँउपालिकाभित्र पर्यटन विकासका प्रचुर सम्भावना भएकाले पर्यटन प्रवर्द्धन गर्दै पर्यटकीय हव बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ । यहाँका ऐतिहासिक धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटनको हवका रुपमा विकास गर्ने उद्देश्यले नै अलिहे पर्यटन क्षेत्रमा धमाधम काम भइरहेको छ ।

प्राकृतिक रुपमा सुन्दर क्षेत्रको रुपमा मानिएको आठराई गाउँपालिकाको झाँक्री गुफालाई पनि पर्यटकीय हवको रुपमा विकास गरिने भएको छ । यो झाँक्रीगुफा परिसरभित्र भ्यू टावर, लवडाडा, सिलाम्साक्मा, जुगे पोखरी, पैदल मार्ग, खेल मैदान, फुटबल स्तम्भ, सितल पाटी, राष्ट्रिय झण्डा लगायतका पर्यटकलाई मोहित पार्ने भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।

यसलाई आधुनिकीकरण गर्दै जाने दृष्टिकोणले निर्माणका काम पनि धमाधम हुन थालेका छन् । प्राकृतिक हिसाबले नै सुन्दर रहेको यो स्थानमा भौतिक पूर्वाधार निर्माणले अझ सुनमा सुगन्ध थपेको यहाँ घुम्न आउनुभएका छथर गाउँपालिका–३ का फौदराज लिम्बुले बताउनुभयो ।

झाँक्री गुफा परिसरभित्रका धार्मिक, ऐतिहासिक, प्राकृतिक रुपमा पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा भौतिक पूर्वाधारका संरचना निर्माण गरिएका हुन् । परापूर्वकालमा वनझाँक्री यही गुफामा बस्ने भएकाले यसलाई झाँक्री गुफा भनिएको स्थानीयवासीको भनाइ छ । गुफामा धामी झाँक्री र बूढीबजुहरुको मौलिक चित्र अध्यन योग्य देखिन्छन् । यो परिसरको संरचनाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मोहित पार्ने गरेको लालीगुराँस नगरपालिका–६ की सिर्जना सेनेहाङले बताउनुभयो ।

यस क्षेत्रमा प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले समेत सम्भावना युक्त रहेकोले स्थानीय तहले उच्च महत्वका साथ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको कार्यलाई तीव्रता दिएको हो । झाँक्री गुफा क्षेत्रलाई जिल्लाकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो ।

७ वटा वडा रहेको साेही गाउँपालिकालाई विकासको बागडोर मानिएको मध्यपहाडी लोकमार्गले समेत छोएको छ । सडक सञ्जालले यस पालिकाका सबै गाउँ वस्तीलाई जोडेको छ । अदुवा र अचैली लगायतका नगदे बाली प्रमुख आम्दानीको श्रोत मानिएको यहाँका नागरिकहरुका लागि पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनले आर्थिक उपार्जनमा समेत टेवा पुर्याउने देखिन्छ ।