१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बुबाको मृत्यु, छोरा घाइते


2.496k
Shares

तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाकाे मृत्यु भएको छ ।

साेही दुर्घटनामा दुई जना घाइते भएका हुन् । शनिबार भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसी शहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नम्बरको ट्याक्टर दुर्घटना भएकाे हाे । दुर्घटनामा परी सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिनुभयाे ।

दुर्घटनामा गम्भीर घाइेते भएका अधिकारीको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको उहाँले बताउनुभयाे। दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समीर अधिकारी र ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् ।

दुवै जना घाइतेको मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको डिएसपी खाँणले बताउनुभयाे ।