२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सिद्धार्थ राजमार्ग फेरि बन्द हुने


1.118k
Shares

पाल्पा । सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला सडक खण्ड फेरि बन्द हुने भएको छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते मंगलबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले विहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी काम गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

उहाँका अनुसार रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुुरु भएको र माथिबाट खुकुला ढुँगाहरु पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै मंगलबारदेखि अर्को सूचना प्रकाशित नहुँदासम्म राजमार्ग बन्द गरेर काम गर्न दिइने निर्णय भएको हो । यस अघि पनि फागुन १३ गतेदेखि १५ दिन दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा राजमार्ग बन्द गरी काम गरिएको थियो ।