२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सिन्धुलीको पब्लिक क्याम्पस संघमा नयाँ नेतृत्व चयन


130
Shares


सिन्धुली । सिन्धुलीको पब्लिक क्याम्पस संघमा आइतबार नयाँ नेतृत्व चयन गरिएको छ ।

क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिवेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत रुपमा संयोजकमा निर्वाचित गरेको हो ।

सिन्धुलीमाडीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले समितिको उप–संयोजकमा सरस्वती बहुमुखी क्याम्पस डकाहाका मनिश्वर काफ्ले, सचिवमा भिमज्योति क्याम्पस खुर्कोटका यज्ञबहादुर राई, सह–सचिवमा शिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारका रामचन्द्र दाहाल र कोषाध्यक्षमा मरिण बहुमुखी क्याम्पस मरिणका खेमहरी बराल सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै, समितिको सदस्यमा त्रिपुरेश्वर शिक्षा क्याम्पसका टंकनाथ अधिकारी, कमला बहुमुखी क्याम्पसका जीवनहरी आचार्य, लाम्पान्टार बहुमुखी क्याम्पसका तारानाथ कोइराला, तिनपाटन बहुमुखी क्याम्पस भिमस्थानका धनबहादुर थापा, सुनकोशी क्याम्पस रातमाटाका कृष्णराज आचार्य र गौमती बहुमुखी क्याम्पसका रेवत दाहाल निर्वाचित भएका छन् ।