१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ


104
Shares

कपिलवस्तु । कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।

यशोधरा गाउँपालिका–६ पुर्निहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । भारत घर भएका ३६ वर्षीय गोरख यादवलाई लागूऔषधसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको थियाे ।

यादवलाई प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एएफ ६२४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो।

त्यस्तै, मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित एक जनाई प्रहरीले पक्राउ गरेकाे हाे। वाणंगगा नगरपालिकाका ९८ बस्ने ३४ वर्षीय ओमबहादुर रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको थियाे ।

ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३० प ५४७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक रानालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।