२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते


104
Shares

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जीप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको जीप साेमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका-५ तिलकपुर भिटामा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे हाे ।

दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-५ मसिनामा बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । १२ जना सवार जीप ब्रेक फेल भएर दुर्घटना भएकाे उहाँले बताउनुभयाे ।

जीप सडकबाट ७० मिटर तल खसेको पनि उहाँले बताउनुभयाे । दुर्घटनामा परेर घाइते भएका ११ जना यात्रुहरुको उद्धार भइरहेको छ । घाइतेहरुको परिचय भने खुलेको छैन् ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही लगायतका ३० जनाको टोली घटनास्थलमा पुगेको छ ।