३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


सन्धिखर्क नगरपालिकाद्वारा कृषकलाई कृर्षि औजार वितरण


143
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक कृषकलाई हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण गरेको छ ।

कृषकलाई ५० वटा कुटानी पिसानी मेसिन र ३३ वटा मिनिटिरलर वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो ।

वडा कार्यालयबाट आएका सिफारिस अनुसार व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई थेरै समयमा धेरै काम गर्न सहज होस भनेर उक्त सामग्री वितरण गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

थेरै समयमा धेरै काम हुँदा उत्पादनमा पनि वृद्वी हुने उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रमअन्तरगत ५० प्रतिसत अनुदानमा वितरण गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।