१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लोकबाजा संग्राहलयको विजोग


169
Shares

काठमाडौं । नेपाली लोकबाजाको इतिहास संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित लोकबाजा संग्राहलयको संरक्षण नहुँदा समस्यामा परेको छ ।

६ सय ५५ प्रकारकार लोकबाजा राखिएको लोकबाजा संग्रहालयले काठमाडाैंको त्रिपुरेश्वरस्थित गुठी संस्थानको स्वामित्वमा रहेको स्थान गुमाउने अवस्थामा पुगी वैकल्पिक स्थानको टुङ्गो नलाग्दा अफ्ठेरो परेको हो ।

२८ बर्षको मेहनतबाट जम्मा पारेका लोपोन्मुख लोकबाजा, वाद्यगुरु र बाजासंग सम्बन्धित लोक संगीतका संकलनहरु अब कहाँ लैजाने भनेर नेपाली लोकबाजा संग्रालयका अध्यक्ष रामप्रसाद कंडेल चिन्तित हुनुहुन्छ । २०५२ सालमा लोक बाजा संकलन अभियान चलाएर सुरुवात गरिएको संग्रहालयलाई वैकल्पिक व्यवस्था नमिलाई काठमाडौ महानगरले हटाउन आदेश दिएपछि समस्या भएको हो । संग्रहालयको संरक्षण सरकारले गर्नुपर्ने भए पनि लोक बाजाको विषयमा चासो नभएकोले संग्रहालयको संरक्षण हुन नसकेको अध्यक्ष कँडेल गुनासो गर्नुहुन्छ ।

नेपालमा संग्रहालय ऐन नहुँदा सामाजिक संस्थाको रुपमा दर्ता गरेर संग्रहालयको स्थापना गरिएको थियो । भद्रकालीस्थित नेपाल सम्पदा संघको बुँईकलबाट सुरु गरिएको संग्रहालय २०६४ सालमा गुठी संस्थानको मातहतमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा भाडामा सारिएको थियो । २०७२ सालको भूकम्पपछि गुठी संस्थान काठमाडौं शाखाले जीर्ण भवन पुनः निर्माण गर्ने भन्दै संग्रहालयलाई पत्र पठाएको थियो । त्यसपछि गुठी संस्थानले भवन काठमाडौं विश्वविद्यालयलाई संगीत विद्यालय संचालनका लागि दिने निर्णय गरेको थियो ।

लोपउन्मुख बाजाहरु आफैमा पनि महत्वका छन् । लोक बाजाको संरक्षण र अुनसन्धानका लागि सरकारले उचित स्थानको व्यवस्था गर्नु जरुरी छ ।