१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा चट्याङबाट आमाछोरा घाइते, दुई भैंसी मरे


481
Shares

बैतडी । चट्याङ लागेर बैतडीमा दुई जना मानिसको घाइते भएका छन् भने दुई वटा भैंसी मरेका छन् ।

घाइते हुनेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–६ रौलका ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छाेरा विवेक साउँद रहेका छन् ।

आइतबार साँझ घरभित्रै रहेका बेला परेको चट्याङले दुवै जना घाइते भएका पार्वतीका श्रीमान गणेश साउँदले जानकारी दिनु भएकाे छ ।

चट्याङबाटै गणेशका दुई भैंसी पनि मरेका छन् भने घरमा क्षति पुग्नुका साथै घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको छ ।