१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वर्गीय वृद्धराज–सयकी सेनेहाङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक सेतोले चुम्यो


741
Shares

तेह्रथुम । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ५ मा ऐतिहाँसिक खला बजारको अवसरमा आयोजित वृद्धराज–सयकी सेनेहाङ स्मृतिखुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक सेतोले चुमेको छ ।

प्रतियोगिताको फाइनल खेलमा कुसाङ युवा क्लब लालीगुराँस नगरपालिका सुङनामलाई ० को विरद्ध ५ गोल गर्दै आयोजक सेतो उपाधि चुमेको हो ।

उपाधि चुमेसँगै आयोजकले नगद ५१ हजार स्वर्गीय वृद्धराज–सयकी सेनेहाङ स्मृती रनिङ कप मडेल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपविजेता बनेको कुसाङले नगदनगद ३१ हजार,कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा चौतारी युवाक्लव तेश्रो भएको छ । चौतारीले नगद १५ हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी टिमहरुलाई म्याङलुङ नगरपालिकाका नगर प्रमुख सन्जय तुम्बाहाम्फेले पुरस्कार प्रदानगर्नु भएको थियो ।

प्रतियोगिताको समापनसँगै सहयोगी दाताहरु सम्मान गरिएको वडाध्यक्ष राजकुमार सेनेले बताउनु भयो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । नव जागरुक युवा क्लव म्याङलुङ नगरपालिका ५ को आयोजना तथा वडा कार्यालयको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।