
सिन्धुली । भारत लगायत नेपालका समेत धेरै स्थानहरुमा कोभिड संक्रमितहरुको संख्या दिनदिनै बढ्दै जान थालेपछि सिन्धुलीमा पुनः कोभिड विरुद्धको खोप अभियान तीब्र पारिएको छ ।
सिन्धुलीका स्थानीय पालिकाहरुमा कोरोना भाइरस विरुद्धको फाईजर बाईभ्यालेन्ट खोप अभियान संचालनका लागि सुनकोशी, गोलन्जोर, मरिण र हरिहरपुरगढीमा सबै तयारी गरिएको हो ।
सो अभियान अन्तर्गत ५५ वर्ष माथिका पहिलो बुष्टर लिन बाँकी व्यक्तिहरुलाई पहिलो बुष्टर मात्रा दिइने छ भने, सबै स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दिर्घ रोग भएका व्यक्तिहरु, गर्भवतीहरु र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति साथै बुष्टर लिएर ६ महिना पुरा भएको भए दोस्रो बुष्टर मात्रा समेत दिईने जनाईएको छ ।
जिल्लाको सुनकोशी, गोलन्जोर, मरिण गाउँपालिकामा र हरिहरपुरगढी गाउँपालिकामा चैत ३० गतेसम्म खोप अभियान संचालन हुने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्