२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेश नाम उल्लेख नगर्न पहिचान पक्षधरकाे चेतावनी


247
Shares

ताप्लेजुङ । ताप्लेजुङमा प्रदेश नामांकनका विरुद्धमा संघर्षरत विभिन्न राजनीतिक दल तथा संघ संस्थाले कोशी प्रदेश नाम उल्लेख नगर्न चेतावनी दिएका छन् ।

जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बुवान क्रान्तिकारी पार्टी, लिम्बुवान मोर्चा, वेज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहितका विभिन्न राजनीतिक दल र संघ संस्थाले कोशी प्रदेश उल्लेख भएका लेटर प्याड, बोर्ड, ब्यानर प्रयोग नगर्न चेतावनी दिएका हुन् ।

सदरमुकाम फुङलिङमा पहिचानका लागि भएको आन्दोलनलाई सहयोग गर्न उनीहरुले आग्रह समेत गरेका छन् । बहुपहिचानलाई नामेट पार्ने गरी प्रदेशको नामाकरण भएकाले यसका विरुद्धमा आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।