१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


म्याग्दीमा पर्यटक सवार बस दुर्घटना हुँदा ४ जना घाइते


156
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ तिप्ल्याङमा शुक्रबार बिहान १० बजे पर्यटक सवार यात्रुवाहक बस दुर्घटना भएकाे छ ।

बस दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । काठमाडौँदेखि पर्यटक लिएर मुस्ताङ हिंडेको बा ३ ख ९६४७ नम्बरको बस म्याग्दीको तिप्ल्याङमा दुर्घटना हुँदा ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभएकाे हाे ।

घाइते भएका ४ जनालाई उपचारका लागि अन्नपूर्ण गाउँपालिकाको गाडीमा राखेर उपचारका लागि बेनी अस्पतालमा लगिएकाे उहाँले बताउनुभयाे । बसमा २१ जना यात्रु एक चालक र एक सहचालक गरी जम्मा २३ जना सवार रहेको उहाँले बताउनुभयाे । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो ।

अन्य यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ ।