२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सन्धिखर्कमा आजदेखि फोहोरको वर्गीकरण गर्न सुरू


91
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले शुक्रबारदेखि फोहोर मैलाको वर्गीकरण गर्न सुरु गरेको छ ।

जस अनुसार बार अनुसार फोहोर संकलन गरिने नगरपालिकाले जनाएको हाे । फोहोर संकलन र व्यवस्थापन गर्नका लागि रिमा केबल बिल्ड्स प्रा.लि काठमाडौंसँग सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

नकुहिने फोहोरलाई निजी क्षेत्रले बिक्री गर्छ भने कुहिने फोहोरलाई प्रशोधन गरेर उत्पादन भएको जैविक मल नगरपालिकाले खरिद गर्ने उहाँले बताउनुभयो । शुक्रबारदेखि लागू हुने गरी २०८५ साल असारसम्मको लागि सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो ।