
काठमाडौं । बौद्ध विद्वान तथा महायानी गुरु बज्रधारा लामा थुब्तेन जोपा रिन्पोछेको निधन भएको छ ।
उहाँको बिहीबार कपन गुम्बामा ७७ वर्षको उमेर निधन भएको हो ।
मनास्लु क्षेत्रमा रहेको त्सुम उपत्यकाको भ्रमणको क्रममा लेक लागेर अस्वस्थ भएपछि उहाँलाई आकस्मिक रुपमा काठमाडौं ल्याएर उपचार गरिएको थियो । उहाँको उचारका क्रममा करुणा अस्पतालमा मृत्यु भएको हो ।
रिन्पोछेको पार्थिव शरीरलाई हाल कपन गुम्बामा राखेर बौद्ध परम्परा अनुसार संस्कार क्रिया गरिरहेको छ । विभिन्न देशमा रहेका उच्च रिन्पोछे र धर्म गुरुहरुको उपस्थितिमा उहाँको अन्तिम संस्कार गर्ने जनाइएको छ । तर मिति भने तय गरेको छैन ।
सगरमाथा क्षेत्रको थाङ्मेमा जन्मनु भएका जोपा रिन्पोछ धर्म शिक्षक, एक कुशल ध्यान गुरु र विश्वप्रसिद्ध लेखक समेत हुनुहुन्थ्यो । ‘मृत्युको आनन्द कसरी लिने: डर विना जीवनको अन्तिम चुनौतीलाई सामना गर्ने तयारी’, ‘द फोर नोबल टुथ्स: ए गाइड टु डेली लाइफ’ र ‘बोधिचित्त: अर्थपूर्ण जीवनको लागि अभ्यास’ उहाँका प्रख्यात पुस्तकहरु हुन ।
उहाँले महायान परम्पराको संरक्षणका लागि अन्तर्राष्ट्रिय बौद्ध समुदाय फाउन्डेसन (एफपीएमटी) को स्थापना गरि महायानी बौद्ध धर्मलाई विश्वमा फैलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्