१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा ढुंगाले लागेर एक जना युवककाे मृत्यु


247
Shares

ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुंगाले लागेर ताप्लेजुङमा एक जना युवकको मृत्यु भएकाे छ ।

आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका अन्दाजी ३० वर्षीय सञ्जय आङ्बुहाङको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सञ्जय फुलबारी स्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार माछा मारेर घर फर्कने क्रममा सञ्जयकाे शुक्रबार साँझ भीरबाट झरेको ढुंगाले लागेर मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थलमा प्रहरीको टोली पुगेको हाे । सञ्जयको टाउकोमा गम्भिर चोट लागेको छ ।

घटनास्थलमा कानूनी प्रक्रिया पूरा गरेर मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले बताएकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताउनुभयाे ।