२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीमा जंगली जनावरबाट बाली जोगाउनै समस्या


390
Shares

सिन्धुली । सिन्धुलीका किसानलाई बाली जोगाउनै मुस्किल भएको छ । विगत केही वर्ष यता सिन्धुलीमा वन जंगल बढैसँगै जंगली जनावरबाट स्थानीय कृषकहरुलाई अन्नवाली जोगाउन मुस्किल भएको हो ।

कमलाखोच, मरिण र गढतीर क्षेत्रमा, जंगली हात्ती, निलगाई, बाँदर, दुम्सी, बँदेल स्याल लगायतका जंगली जनावरहरुले किसानहरुको वाली विरुवा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् ।

जिल्लाका अधिकांश वन जंगल नजिकका गाउँ बस्तिका किसानहरुले खेतबारीमा लगाएको बाली विरुवा जंगली जनाबरले रातको समयमा खाएर नष्ट गर्दै आएको सुनकोशी गाउपालिका–७ का किसान अर्जुन कार्कीले बताउनुभयो ।

जिल्लाको महाभारत तथा गड्तीर क्षेत्रका सुनकोसी, घ्याङलेख र गोलञ्जोर गाउपालिका, कमलामाई नगरपालिका, लगाएतका किसानहरुले सिजन अनुसार उत्पादन गर्ने धान, मकै, फापर, भटमास, आलु, काउली र जुनार सुन्तला, भुईकटहर लगायतका फलफुलहरु जंगली जनावरले सखाप पार्न थालेपछि किसान समस्यामा परेका छन् ।

सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहहरुमा वन जंगलमा बृद्धि बिकास भएसँगै ग्रामीण क्षेत्रका किसानलाई जंगली जनावरबाट आफुले उत्पादन गरेको बाली जोगाउन सकस परेको किसानहरुले बताएका छन् ।