
स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०७८/०७९ मा २६ करोड ५७ लाख २८ हजार बजेट बेरुजु देखिएको छ ।
महालेखा परीक्षककाे कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्ष भन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो । यहाँ नगरपालिकामा प्रतिशतका हिसाबले धेरै चापाकोट नगरपालिका ३.०२ प्रतिशत र कम वालिङ नगरपालिका १.४६ प्रतिशत तथा पालिकामा हरिनासमा सबै भन्दा बढी ४.२६ प्रतिशत र फेदिखोलामा सबै भन्दा कम १.१३ प्रतिशत बेरुजु देखिएको छ ।
चापाकोट नगरपालिकामा १ अर्ब २९ करोड ९२ लाख ९५ हजार रुपैयाँको लेखा परीक्षणमा ३ करोड ९२ लाख ४० हजार बेरुजु देखिएको छ । गल्याङ नगरपालिकामा १ अर्ब ७९ करोड ३८ लाख २० हजार रुपैयाँकाे खा परीक्षणमा ३ करोड २३ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
यस्तै, पुतलीबजार नगरपालिकामा २ अर्ब ३८ करोड १० लाख ४८ हजार रुपियाँको लेखा परीक्षणमा ३ करोड २५ लाख २ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । भीरकोट नगरपालिकामा १ अर्ब ३३ करोड ७७ लाखको लेखा परीक्षणमा २ करोड १९ लाख ७० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
वालिङ नगरपालिकामा १ अर्ब ८१ करोड ३४ लाख ७३ हजारको लेखा परीक्षणमा २ करोड ६३ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिका मध्ये हरिनास गाउँपालिकामा ७६ करोड ३४ लाख ५६ हजारको लेखा परीक्षणमा ३ करोड २५ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख गरिएकाे छ ।
त्यस्तै, आँधीखोला गाउँपालिकामा १ अर्ब १६ करोड ६३ लाख ४१ हजार रुपैयाँको लेखापरीक्षणमा १ करोड ८२ लाख २० हजार रुपैयाँ बेरुजु देखिएको छ । कालीगण्डकी गाउँपालिकामा १ अर्ब १ करोड ८४ लाख ३१ हजार रुपैयाँको लेखा परीक्षणमा १ करोड ८२ लाख २० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यस्तै, विरुवा गाउँपालिकामा ९८ करोड ८० लाख ९६ हजार रुपैयाँको लेखा परीक्षणमा १ करोड ८१ लाख ४० हजार बेरुजु देखिएको छ । फेदीखोला गाउँपालिकामा ९६ करोड ३३ लाख ५५ हजारको लेखा परीक्षणमा १ करोड ९ लाख ३२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यस्तै, अर्जुन चौपारी गाउँपालिकामा ८२ करोड ७ लाख ४५ हजारको लेखा परीक्षणमा १ करोड २१ लाख ५० हजार रुपैयाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्