
भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ ।
सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग, कान्तिपुर सुदूर टेक्निकल कलेजको प्राविधिक सहयोग र हिमचुली महिला कृषि सहकारी संस्थाको आयोजनामा तालिम आइतबारबाट सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले तालिमबाट सिप सिकेर स्वरोजगार बन्नुका साथै गाउँमै रोजगारको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । तालिम दिएका कृषकहरुलाई नगरपालिका तथा वडाले पनि व्यावसायिक बन्न सहयोग गर्ने उहाँले बताउनुभयो ।
स्थानीय २० जना कृषकहरुको सहभागिता रहेको तालिम आगामी असार १६ गते सम्पन्न हुने हिमचुली बचत तथा क्रण सहकारी संस्थाकी अध्यक्ष प्रतीक्षा श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्