
म्याग्दी । म्याग्दीमा वैशाख महिना सुरु भएसँगै वनमा आगलागी भएको छ ।
जिल्लाका विभिन्न स्थानमा वैशाख महिना सुरू भएपछिवनमाआगलागी भएको हाे । आइतबार दिउँसोदेखि बेनी नगरपािलका– ३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागी बस्तीमा पस्ने त्रासले नजिकका गाउँले आगो नियन्त्रण गर्नका लागि जुटेका छन् ।
सामुदायिक वनबाट सुरु भएको आगो फैलिंदै भकिम्लीको हल्लेगौडा, पोलधारा र सल्देना लगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको छ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो केही बेर नियन्त्रणमा रहेको आगलागी साझँपख फेरी नियन्त्रण बाहिर गएको बेनी नगरपालिका-३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।
गत शुक्रबारदेखि बेनी नगरपालिका–२ ज्यामरुककोटको सल्लेरी सामुदायिक वनमा र अर्थुङ्गे सामुदायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।
यस वर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्