
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार साँझ भएको दुर्घटनामा ७ जना घाइते भएको पनि प्रहरीले बताएकाे हाे। दुलेगौडाबाट पिउरीदोभान जाँदै गरेको जीप कच्ची सडकबाट १ सय फिट तल खसेको थियो ।
दुर्घटनामा स्याङ्जा पुतलीबजार नगरपालिका–६ घर भएका जीप चाकल ३९ वर्षीय कुलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेहरु मध्ये एक जनाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा र अन्यको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्