२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटाको सिधुवामा रेन्वो ट्राउट माछापालन तालिम सुरू


221
Shares

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा दर्शन बहुउदेश्य कृषि फर्ममा रेन्वो ट्राउट माछापालन सम्बन्धी ३ दिने तालिम सुरू भएकाे छ।

माछापालक कृषकहरुलाई व्यावसायिक बनाउने उदेश्यका साथ सोमबारदेखि तालिम सुरु गरिएकाे हाे । तालिम छथर जोरपाटी गाउँपालिका-६ का वडाध्यक्ष दिपक गुरुङको प्रमुख आतिथ्यता तथा स्थानीय अगुवा कृषक धनेन्द्रराज श्रेष्ठको अध्यक्षतामा तालिमकाे उद्घाटन गरिएको हाे ।

व्यवसायिक ट्राउट माछापालनलाई विकास गर्न सके आम्दानीको श्रोत मात्र नभई पर्यटन विकासलाई पनि जोड दिन सकिने वडाध्यक्ष गुरुङले बताउनुभयो । पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजनामा तालिम सुरु भएको हो ।

तालिममा माछा पालनका लागि भौगोलिक सम्भाव्यता अध्यायन, स्थल छनाेट, माछाको परिचय, स्याहार, दाना व्यवस्थापन, भुरा उत्पादन र बजारीकरण लगायतका विषयमा छलफल हुने भएको छ । कृषि अनुन्धान निर्देशनालय तरहराका सुरज कुमार सिंह, पशुपंक्षी तथा मत्क्ष विकास निर्देशनालयका लाक्पा रिदार भोटियाले सहजीकरण गरेका छन् ।

साेही तालिममा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुर जिल्लाका १४ जना माछापालक कृषकहरूकाे सहभागिता रहेकाे छ ।