
भोजपुर । भोजपुर तरकारी तथा अकबरे खुर्सानीको दिगो बजारीकरणका लागि क्लस्टर स्तरीय एक दिने बहुसरोकार गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र हेल्भेटास नेपालको साझेदारीमा, उद्योग वाणिज्य संघ भोजपुरको आयोजनामा तालिम सञ्चालन भएको थियो ।
भोजपुर, षडानन्द नगरपालिका, अरुण र पौवादुङमा गाउँपालिकाका गरी ५० जना स्थानीय अगुवा खुसार्नी कृषकहरुको उपस्थिति रहेको थियो । तालिम जिल्लामा रहेका अकबरे खुसार्नी कृषकहरुलाई व्यवसाय वृद्धि, बजारीकरण तथा बेमौसमी समयमा बाली उत्पादन लगायत विषयमा जानकारी दिने उदेश्यले आयोजना गरेको समृद्धि परियोजनाका गणेश तिम्लसीनाले बताउनुभयो ।
कार्यक्रमका भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले जिल्लालाई पकेट क्षेत्र अनुसार कृषिमा आत्मनिर्भर बनाउन सबै क्षेत्रबाट लागि पर्नुपर्ने बताउनुभयो । साथै उहाँले पछिल्लो अवधिमा नगरपालिका क्षेत्रभित्र बेमौसमी तरकारी खेती, कुक, पल्मबर र इलोक्ट्रिसियन लगायत विभिन्न तालिम दिंदै आएको उल्लेख गर्नुभयो ।
सिप सिकेर स्वरोजगार हुन चाहने युवाहरुलाई नगरपालिकाले बिनाधितो २ देखि ५ लाख रूपैयाँसम्म किसान क्रेडिट कार्ड मार्फत क्रणको व्यवस्था गरेको समेत उहाँले बताउनुभयो । यता, भोजपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जयबहादुर तामाङले युवाहरुलाई सिप सिकाएर स्वरोजगार बनाउने उदेश्यका साथ विभिन्न किसिमका तालिम सञ्चालन भएको बताउनुभयो ।
त्यस्तै, मंगलबार नै घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनामा १ महिने कुक तालिममा सुरु भएको छ । तालिममा भोजपुर नगरपालिका भरिका २० जना स्थानीयहरुको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्