३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा अर्घाखाँचीमा अक्षयकोष स्थापना


52
Shares

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले स्थापना दिवसको अवसर पारेर अक्षयकोष स्थापना गरेको छ ।

संगठनको ३३ औं स्थापना दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको भगवती माध्यमिक विद्यालय शंखेटारीमा ५० हजार १ सय १ रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

जसमध्ये संगठनको तर्फबाट ३० हजार १ सय १ रुपैयाँ र आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका उपाध्यक्ष हरि डुम्रेले आफ्नी स्व. आमा यमकला डुम्रेको सम्झनामा २० हजार गरी ५० हजार १ सय १ रुपैयाँको अक्षयकोष स्थापना गरिएको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला कोषाध्यक्ष विशाल महतले जानकारी दिनुभयो ।

कक्षा ११ मा अध्यानरत विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिने नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिनुभयो । संगठनको अरु विद्यालयमा पनि विपन्न विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य दिलिप केसी, विद्यालयका प्रअ धुव्र बहादुर केसी लगायतको सहभागीता रहेको थियो ।