
web pic
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटी चालकको मृत्यु भएको छ ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटी चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते हुनुभएका न्यौपानेको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्