
फाइल तस्बिर
म्याग्दी । धौलागिरी हिमालको आधार शिविरबाट फकिर्ने क्रममा एक भरिया बेपत्ता भएका छन् ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई हिमपातमा परी बेपत्ता भएका हुन् ।
आरोहीका सामग्री धौलागिरी आधार शिविरमा पुर्याएर फर्किने क्रममा भारी हिमपात भएपछि उनी बेपत्ता भएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिएका छन् ।
‘हिउँपहिरोमा परेको आशंका गरिएको छ, खोजीकार्य भइरहेको छ’ पर्यटन ब्यवसायी शेरचनले भन्नुभयो ।
आरोहण दलका सदस्य तथा अन्य भरिया र गाइड भने सुरक्षित रहेको बताइएको छ ।
शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको छ ।
प्रतिक्रिया दिनुहोस्