
डडेल्धुरा । डडेल्धुराका ३ जना कृषक भिमदत्त उत्कृष्ट कृषकको रुपमा आइतबार पुरस्कृत भएका छन् ।
आइतबार सुदूरपश्चिमका चर्चित क्रान्तिकारी कृषक नेता शहीद भिमदत्त पन्तको नामबाट स्थापित उत्कृष्ट कृषक पुरस्कार पाउनेमा प्रिन्स अवस्थी, प्रसाद अवस्थी र लालबहादुर डाला रहेका हुन् । आइतबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय क्षेत्रीय कृषि निर्देशनालयबाट छनाेट भएका उत्कृष्ट कृषकलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको हो ।
उत्कृष्ट कृषकहरुलाई जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने र निर्देशनालयका प्रमुख गोकुल बोहराले पुरस्कृत गरेका थिए। प्रदेशका ९ जिल्लामा प्रत्येक जिल्लाबाट ३ जनाको दरले उत्कृष्ट र एक जना सर्वाेत्कृष्ट कृषक छनाेट हुने गरेको मन्त्रालयले जनाएको छ ।
पुरस्कृत भएपछि उत्कृष्ट कृषकहरुले आफूहरुलाई थप हौसला र जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्