
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ काे चियाबारीमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको छ ।
हावाहुरीका कारण आइतबार राति भएको आगलागीबाट चियाबारी बजारका गंगा थापा, टंक थापा, सन्तोषकाजी थापा, सिताराम थापा र कौशल थापाका घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे हाे । आगलागीबाट सन्तोषकाजीको विवाहका लागि तयार गरिएको सुन, कपडा र पैसा लगायतका सामग्रीहरु समेत जलेर नष्ट भएकाे छ ।
सदरमुकाम सिन्धुली माडीबाट ५ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा रहेकाे चियाबारीमा लागेको आगो निभाउन सिन्धुली माडीबाट दमकल परिचालन गरेर आगाे नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे छ ।
प्रत्येक वर्षकाे गर्मीयाममा सिन्धुलीकाे कमलाखोंच र मरिण लगायतका क्षेत्रमा आगलागीका घटनाहरु भएर कराेडाैंकाे क्षति हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्