७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दाङमा अटो चालक पक्राउ


338
Shares

दाङ । दाङमा एक युवतीलाई ठक्कर दिई फरार रहेका अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ गुर्जे बस्ने २६ वर्षीय सुवास सुनार रहेको प्रहरीले बताएकाे हाे।गत चैत १६ गते गुर्जेकाे पक्की पुलमा नम्बर नखुलेको अटोले तुलसीपुर १७ बस्ने ५ वर्षीय युविका बुढाथोकीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा गत चैत २० गते भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको थियो ।

घटना पश्चात जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान गर्दै हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको छ । थप अनुसन्धान गर्दै सुनारले चलाएको रा १ ह ७००३ नम्बरको अटोले दुर्घटना गराई फरार रहेको भन्ने खुल्न आएकोपछि घटना भएको २४ दिनपछि गत शनिबार उक्त अटो लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे हाे ।

अटो चालक सुनार भागेर भारत हरियाणा गएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले बताउनुभयाे । सुनारलाई आइतबार पक्राउ गरेर थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयाे ।