
बझाङ । बझाङका स्थानीय तहहरुको बेरुजु वर्षै पिच्छे बढ्दै गएको छ ।
दश वटा गाउँपालिका र २ वटा नगरपालिका गरी जम्मा १२ वटा स्थानीय तह रहेको बझाङमा सबै भन्दा बढी बेरुजु बुंगल नगरपालिकाको रहेकाे हाे । साथै सबै भन्दा कम बेरुजु सुर्मा गाउँपालिकाको रहेको छ ।
असुल उपर बेरुजु, पेश्की बेरुजु र अनियमित बेरुजु गरी आर्थिक वर्ष २०७८/०७९ मा मात्रै बुंगल नगरपालिकाको १२ करोड ९२ लाख २८ हजार ७ सय ७९ रहेको छ । यस आर्थिक वर्षमा सबै भन्दा कम बेरुजु मष्टा गाउँपालिकाको १ करोड ३२ लाख ५५ हजार रहेको महालेखा परीक्षककाे कार्यालयको प्रतिवेदमा उल्लेख छ ।
यस आर्थिक वर्षको बेरुजुमा तेस्रो स्थानमा साईपाल गाउँपालिकाको १ करोड ६३ लाख १७ हजार ५६१, सुर्मा गाउँपालिकाको २ करोड ६४ लाख ३५ हजार ६५०, जयपृथ्वी नगरपालिकाको ४ करोड ३६ लाख १५ हजार, छविसपाथिभेरा गाउँपालिकाको ४ करोड १५ लाख १९ हजार ९३६, खप्तडछान्ना गाउँपालिकाको ४ करोड ४९ लाख १७ हजार ७५९, विथ्थडचिर गाउँपालिकाको ४ करोड ६१ लाख ९४ हजार बेरुजु रहेको छ ।
त्यस्तै आठौं नम्बरमा तल्कोट गाउँपालिका रहेको छ । जसको बेरुजु ५ करोड ८५ लाख ३५ हजार १७५ रहेकाे छ । क्रमस दुर्गाथलीको ६ करोड ५१ लाख ८९ हजार १७०, थलाराको ८ करोड ४१ लाख ४६ हजार ९८७ र केदारस्युँ गाउँपालिकाको ११ करोड ६८ लाख ७२ हजार ८५५ रहेको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको लापर्ववाही का कारण बेरुजुको दर बढ्दै गएको यहाँका स्थानीयहरुले बताएका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङका प्रमुख शेरबहादुर विष्टका अनुसार, विगतका वर्ष भन्दा यस वर्ष बेरुजु बढेको बताउनुभयाे । उहाँले भन्नुभयाे,-‘संघीय सरकारबाट प्राप्त भएको समानिकरण अनुदान बाहेक सशत्र अनुदान सम्पूरक अनुदान र विषेश अनुदान असार मसान्तमा फिर्ता गरी सक्नुपथ्र्यो । उक्त रकम यस वर्ष धेरै पालिकाहरुले फिर्ता नगरेका करण बेरुजुको भोलुम बढी देखिएको हो । केदारस्युँ गाउँपालकालाई उदाहरण दिदै उक्त अुदान कुनै पनि फिर्ता संघीय सरकारलाई नगरेका कारण ११ करोड बेरुजु देखिएको छ । त्यस्तै अन्य पालिकाहरुको हकमा पनी यस्तै भएको पाइएको छ ।’
स्थानीय तह भएदेखि हाल सम्मको बेरुजु हेर्ने हो भने सबै भन्दा बढी बुंगल नगरपालिकोको नै रहेको छ । २०७४ सालदेखि हाल सम्म बुंगल नगरपालिकामा मात्रै ८२ करोड ३३ लाख ४१ हजार ७ सय ९४ रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै दोस्रो नम्बरमा भने जयपृथ्वी नगरपालिका नै रहेको छ । जसको बेरुजु १८ करोड ५६ २५ हजार रहेको छ ।
तेस्रो स्थानमा तल्कोट गाउँपालिका रहेको छ । जसको बेरुजु १६ करोड ४० लाख ९० हजार १ सय ७५ रहेको छ । सातौं स्थानमा केदारस्युँ गाँपालिकाको १३ करोड २ लाख २७ हजार ८ सय ५५ रहेको छ । विगतका वर्षमा केदारस्युँ गाउँपालिकाको बेरुजु निकै न्यून रहेको तथ्याड्ढमा छ । यस वर्ष मात्रै ११ करोड ६९ लाख बेरुजु आएका कारण यो दर बढेको हो ।
आठौं स्थानमा मष्टा गाउँपालिका रहेको छ । जसको हालसम्म ११ करोड ९९ लाख ९ हजार १ सय ७० बेरुजु देखिन्छ । नवाैं स्थानमा दुर्गाथली गाउँपालिका र दशाैं स्थानमा भने छविसपाथिभेरा गाउँपालिका रहेका छन् । जसको हालसम्मको बेरुजु क्रमसः ११ करोड ६८ लाख ११ हजार ४ सय ११ र ११ करोड ५५ लाख ३३ हजार ५ सय ६८ रूपैयाँ रहेको छ ।
एकाराैं स्थानमा जिल्लाको सबै भन्दा सानो र दुर्गम क्षेत्रमा रहेको साईपाल गाउँपालिका रहेको छ । जसको स्थानीय तह संचालन भएदेखि हालसम्म ८ करोड ६ लाख १३ हजार ३११ रकम बेरुजु रहेकाे छ । १२ वटा पालिका मध्ये सबै भन्दा कम बेरुजु सुर्मा गाउँपालिकाको रहेको छ । यस पालिकाको बेरुजु हालसम्म ५ करोड ९७ लाख ७१ हजार ६५० रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङले जानएको छ ।
बेरुजु बढ्नुका धेरै कारण मध्ये बिल भर्पाई नमिलेर पनी भुत्तानी दिनु, पहुँच र जनप्रतिनिधिको दवावका कारणले समेत भुत्तानी दिनाले पनि हाे । कुनै पनि प्रकृयाका नमिलाएरै भुत्तानी दिएका कारणले बेरुजुको बढेको कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङमा कार्यरत लेखापाल शिवराज पाण्डेले बताउनुभयाे ।
बेरुजु आउनुमा ६० प्रतिशत कार्यलयमा जिम्मेवारी पदमा कार्यरत कर्मचारीको रहने उहाँकाे तर्क छ । ४० प्रतिशत जनप्रतिनिधिहरुको समेत कमजोरीका कारण बेरुजदर बढेको उहाँकाे भनाइ थियाे ।
स्थानीय तह भएदेखि हालसम्म बझाङका सबै स्थानीय तहहरुको १ अर्ब बयासी करोड १ लाख ६१ हजार ६ सय ९० रुपैयाँ बेरुजु आएको छ ।
प्रतिक्रिया दिनुहोस्