१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरको साल्पा पोखरी पुग्ने ग्रेटर मुन्धुम ट्रेल निर्माण हुने


104
Shares

भोजपुर । भोजपुरको पर्यटकीय स्थान साल्पा पोखरीसम्म पुग्ने पदमार्ग ग्रेटर मुन्धुम ट्रेल निर्माण हुने भएको छ ।

मुन्धुम ट्रेल निर्माण भएपछि त्यस क्षेत्रको पर्यटनमा बहार आउने विश्वास गरिएको हाे । साेही पोखरीमा गएर निसन्तान भएका परिवारले सन्तान लाभको भाकल गर्ने पनि चलन रहेकाे छ ।

समुद्र सतहबाट ३ हजार ४ सय ३ मिटर उचाईमा रहेको साल्पा पोखरी ४१ सय मिटर उचाईमा रहेको छ । सिलिचो पहाडसम्म पुग्न सीमानामा रहेका संखुवासभा, सोलुखुम्बु र खोटाङका स्थानीय तहहरुबीच ट्रेल निर्माण अगाडि बढाउने सम्झौता भएको हो ।

पदमार्गलाई सप्तकोशी खुवालुङ उपत्यकालाई ग्रेटर मुन्धुम ट्रेलको फुट स्टेपको रुपमा विकास गर्ने र सगरमाथा क्षेत्र पुग्ने गरी पर्यटक समेत खुवालुङ हुँदै कोशी टाप्पुसम्म आइपुग्ने गरी पदमार्ग विकास गरिने भएको छ । विभिन्न धर्म, जाति, भाषा कला संस्कारहरुको संरक्षण, सम्वर्द्धन गर्न आवश्यक मठ, मन्दिर पार्टि पौवा लगायतको निमार्ण गर्ने, पदमार्गमा गोठेसी, होमस्टेसगैं शौचालय र खानेपानी लगायतको व्यवस्था गरीने भएको छ ।

अन्तरपालिका स्तरीय बैठकले २४ बुँदे संकल्प सर्वसम्मत पास गर्दै पर्यटकीय पूर्वाधारहरुको निर्माण र विकासका सबै लाग्ने जनाइएको छ। साल्पापोखरी, सिलिचो पहाड, गुरासे जंगल, मुन्धुम ट्रेलको प्रचारप्रसार सँगै छिमेकी स्थानीयतहहरुलाई समेटेर उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन, संरक्षण तथा विकासका लागि साझा संकल्प विकास गन गाउँपालिकाका अध्यक्ष दैलत कुलुङले जानकारी दिनुभयो ।

पर्यटकीय साल्पा पोखरी, सिलिचुङ डाँडा र मुन्धुम ट्रेल पदमार्गले पर्यटकको मन लोभ्याउने भएकाे छ । जसका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा महत्व दर्शाउन गुरु योजनासहित अगाडि बढ्न आवश्यक रहेको भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले बताउनुभयो ।

वर्षमा चार पटक मेला लाग्ने ऋषितर्पणी पूर्णिमामा साल्पा पोखरीमा दूध, चामल र खिर चढाउने चलन रहेकाे छ । पोखरी नै सेतो भएको देखिनुका साथै नाग आएर उक्त प्रसादहरु खाए जस्तो देखिने भएकाले पोखरीमा नाग रहेको जनविश्वास गरिएकाे छ। पोखरीमा गएर निसन्तान भएका परिवारले सन्तान लाभको भाकल गर्ने पनि चलन रहेकाे छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, सहयोगी संस्था जिफल्ड, छिमेकी स्थानीयतहहरु, सम्बन्धित वडाहरु, साल्पासिलिछो संरक्षण समितिका पदाधिकारीहरुले साल्पा पोखरी र सिलिचो डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकहरुको हवको रुपमा विकास गर्न सकिनेमा जोड दिएका छन् ।

साल्पा पोखरीको गन्तव्यसम्म पुग्दा बाटोमा देखिने चौरी, भोडा, विभिन्न प्रजातिका गुरास र पदमार्ग लगायतको अवलोकन पश्चात पोखरी र सिलिचो पहाडको मनोरम दृष्य देख्न सकिने भएकाे छ ।