६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मुसहर बालबालिका पढाईप्रति आर्कर्षित


429
Shares

सर्लाही । मुसहर महिला सशक्तिकरण मञ्चको अगुवाईमा ४८ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको छ । सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मपिुरका मुसहर महिलाहरुले मञ्चको अगुवाइमा समुदायका ४८ जना बालबालिकाहरुलाई विद्यालय भर्ना गराएका हुन् ।

मञ्च लक्ष्मीपुरकी सचिव मनिष माझीको अगुवाईमा बालबालिका विद्ययालय भर्ना अभियान अन्तरगत श्री सार्वजनिक माद्यामिक विद्यालयमा २६ छात्र र २२ छात्रा गरी जम्मा ४८ बालबालिकाहरुलाई भर्ना गरिएकाे हाे । केही नयाँ र केही पुराना बिचमा विद्यालय छोडेकाहरुलाई विद्यालय निरन्तरता गरिएको समुहकी अध्यक्ष पल्टनिया देवी माझीने बताउनु भयो ।

अध्याक्ष माझीले प्रधान अध्यापक समक्ष विद्ययालयले दलितको लागि दिने ४ सय रुपैयाँ नदिएर पैसाको सट्टा पोशाक उपलब्ध गराउन अनुरोध गरेकी थिइन ।

विद्यालयका प्रधान अध्यापक राम अवतार चौधरीले मुसहर समुदायमा आएको शिक्षा प्रतिको आकर्षण देखेर भर्ना हुने सबै बालबालकिालाई विद्यालयको तर्फबाट हप्तादिन भित्रमा पोशाकको व्यवस्था गरिदिने बाचा गर्नुभयो । साथै उहाँले दलितको लागि दिइने ४ सय रुपैयाँ समेत उपलब्ध गराउने बताए ।

साप नेपालको आयोजनामा सञ्चालित नेपालको स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी तथा सुशासन प्रर्बद्धन कार्यक्रम अन्तर्गत हरिपुर नगरपालिकामा १० वटा समुह गठन गरेर जन्म दर्ता अभियान सञ्चालन गर्दै आएकाे छ । यस क्रममा २ सय पचास भन्दा बढी बालबालिकाको जन्म दर्ता गरेको ।

समुहमा बचत गर्ने, आय आर्जन गर्ने, लैङिक हिंसा, बाल विवाह, जाँड रक्सी जुवातासबिरुद्ध अभियान सञ्चालन गर्दै‍ आएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए । समुहमा आबद्ध भएर तालिम तथा रिफ्लेक्ट कक्षामा भाग लिएपछि मुसहर महिलाहरुमा चेतनाको विकास भएको कार्कीले बताए । हरिपुरका पिडारी, चिताइन, जुटपानी र असन्वामासहित बरहथवा, चन्द्रनगर र बसबरीयामा समेत भर्ना समुहका मुसहर महिलाहरुको सक्रियतामा भर्ना अभियान सञ्चालन भइरहेको उनले बताए ।

हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा गठित मुसहर महिला सशक्तिकरण मञ्चमा रिफ्लेक्ट कक्षा सञ्चालन गर्ने क्रममा वडा अध्यक्ष समक्ष, नाला निमार्ण गर्ने, जनता आवास कार्यक्रम, शौचालय निमार्ण र आयआर्जनका योजना माग गरेका थिए ।