
काठमाडौं । २०७२ बैशाख १२ गते नेपालमा आएको विनासकारी भूकम्पको आज ८ वर्ष पूरा भएको छ । गोरखाको बारर्पाकलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्नेच्युडको भूकम्पले पुर्याएको मानवीय र धनजनको क्षति सम्झदा अहिले पनि सिरिग बनाउँछ । त्यो दिन सञ्चारकर्मी, पत्रकार र फोटो पत्रकारहरु समेत आफनो ज्यानको परहवा नगरि पेशागत धर्ममा लागेका थिए ।
२०४६ सालको जनआन्दोलनमा चम्केका वरिष्ठ फोटो पत्रकार मीनरत्न बज्राचार्यको विनाशकारी भूकम्प अनुभूति पनि यस्तै रह्यो । उहाँ पनि एक फोटो पत्रकार हुनुहुन्छ, सेनाले आफनो हतियार बन्दुक बोके जस्तै आफ्नो पेशागत धर्म निर्वाहका लागि आफनो ज्यानको पनि परवाह नगरि फोटो पत्रकारको हतियार क्यामेरा बोक्दै भूकम्पको मैदानमा उत्रिनुभयो । आफनो घर जनबहालबाट वरपर भूकम्पले क्षतिग्रस्त बनाएको ठाउँहरुमा गएर व्यवसायीकताका आधारमा फोटोहरु सेकेन्ड सेकेन्डमा क्यामेरा भित्र उतारनुभयो ।
उहाँले विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार परिसर र वरपरको ठाउँमा भूकम्पको पराकम्प गईरहेको बेला समयमा क्यामेरामा कैद गर्नुभयो । उहाँले हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर भूकम्पले ढल्दै गरेको दृश्य कैद गर्नुभएको थियो ।
पेशागत धर्म त निर्वाह गर्दे जानुभयो तर बसन्तपुरमा पुगेपछि घाईतेहरु देख्दा भने मानविय धर्मको पनि अनुभूति भएको उहाँको भनाई छ । प्रहरीले भतकिएको घर भित्र फसेका एक महिलालाई उद्धार गर्न आफुले लगाएको सेफटी हेल्मेट दिन आग्रह गर्दा आफुले दिएको र उद्धार गरेर बाहिर ल्याउन्दा महिलाले आफनै हेल्मेट लगाएको देख्दा खुशी र सन्तोषको सास फेरेको बताउनुभयो ।
त्यसपछि उहाँले पेशागत धर्म र मानविय धर्मसँगै गर्दे जानुभयो । असन चोकमा पुगेपछि उहाँले भूकम्पले डराएर बसेका नागरिकलाई संयमित हुन र सुरक्षित बस्न हौसला समेत दिएर दिनुभएको थियो ।
विनासकारी भूकम्प गएको ८ वर्ष बित्दा पनि सरकारले यस्ता खाले विपत्तीबाट बच्नका लागि गर्नुपर्ने काम नगरेको देख्दा भने उहाँलाई उदेक लाग्छ । उच्च भूकम्पीय जोखिममा रहेको नेपालमा यसबाट बच्नका लागि गर्नूपर्ने पूर्व तयारी र उपायका विषयमा आम नागरिक तहमा सरकारले अझै पनि केही गर्न नसकेको उहाँको भनाई छ ।
पछिल्लो समय साँस्कृतिक काठमाडौं उपत्यका लगायतका शहरमा बढ्दै गएका गगनचुम्बी भवनहरुको नियमनमा सरकारले कुनै चासो नदेखाएको उहाँको आरोप छ । ठूला भूकम्पबाट बच्नका लागि हामीले गर्नुपर्ने तयारी पूर्खाको ज्ञान र सिपबाट पनि सिक्न सक्छौं । काठमाडांै उपत्यकाको स्वयम्भू महाचैत्य, खास्ति चैत्य, तलेजु मन्दिर, नौतल्ले दरबार, न्यातापोल, ५५ झयाले लगायतको ठूलठूला मठमन्दिर, चैत्य र दरबारहरु बनाउन सक्ने हाम्रो पूर्खाले किन आफू बस्ने घर सानो र लहरै जोडीएका बनाए ?
प्रतिक्रिया दिनुहोस्