२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सिन्धुलीमा प्याराग्लाईडिङ सुरू


572
Shares

सिन्धुली । सिन्धुलीमा प्याराग्लाईडिङको पहिलो सफल परीक्षण गरिएको छ ।

कमलामाई नगरपालिका च्याउकोट डाँडाँबाट कमलामाई नगरपालिका लोकतान्त्रिक चौरमा पाराग्लाईडिङको सफल परीक्षण गरिएको हो ।

प्रयास होटल प्रा.लि. कमलामाई नगरपालिका–६ रातमाटाले सिन्धुलीमा पहिलो पटक प्याराग्लाईडिङ् व्यवसाय सुरू गर्नको लागि प्याराग्लाईडिङको परीक्षण गरिएको हो ।

परीक्षणका लागि सोमबार एकल उडान गरिएकोमा सफल भएपछि पुनः मंगलबार यात्रु सहितको उडान सफल भएको हो ।

यात्रु दिया थापा सहित पाइलट दिल कुमार सुनवारले आज दिउँसो ९ सय ७० मिटरको हाइटबाट १२ः३० बाट उडान सुरु गरिएकोमा १२ः४८ मा सफल अवतरण गरिएको निर्देशक नेत्रजंग थापाले जानकारी दिनुभयो ।

नौ सय ७० मिटरको उचाईबाट उडान सुरू गरेर सफल अवतरण गरिएको थियो ।

सिन्धुली भएर हरेक महिना लाखौंले ओहोर दोहोर गर्ने भएकाले पाराग्लाईडिङ्को सम्भावना रहेको स्थानीय पर्यटन ब्यावसायीहरूको भनाइ छ ।