
तेह्रथुम । धनकुटाको सिधुवामा बुद्ध जयन्ती अर्थात चण्डी पूर्णिमाकाे अवसरमा धान नाँच प्रतियोगिता हुने भएकाे छ ।
यहि वैशाख २२ गते चण्डी पूर्णिमाकाे अवसरमा धान नाँच प्रतियोगिता हुने भएकाे हाे । चण्डी पूर्णिमा मेला करिब दुई दशक अघि निक्कै लोकप्रिय मेलाको रुपमा लिने गरिन्थ्यो । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा लाग्ने गरेको पूर्वी पहाडीमा कहलिएको मेला हो ।
यो मेला हेर्न धनकुटाका साथै छिमेकी जिल्ला तेह्रथुम र संखुवासभा लगायतका जिल्लाहरुबाट आउने गरेका थिए । तर १० वर्षे जनआन्दाेलने मेला नै लाग्न छोड्यो । द्धन्द्धकालले लाग्न छाेडेको मेला यस वर्ष देखि लाग्ने भएको छ ।
‘चण्डी पूर्णिमा (रगरगे) मेला जोगाऔं र स्वास्थ्यका लागि दौडऔं’ भन्ने मूल नाराका साथ यस वर्षदेखि लाग्ने भएको हो । चण्डीपूर्णिेमा (रगरगे) मेला तथा सिधुवारन २०८० मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर मेला लाग्ने जानकारी गराएको छ ।
पुरानो मेलालाई संरक्षण गर्दै सुल्ला सिधुवारन पुरुष तथा महिला दौड र धान नाँच प्रतियोगिता आयोजना गरिएको छथर जोरपाटी गाउँपालिका-६ का वडाध्यक्ष दिपक गुरुङले जानकारी दिनुभयो ।
यहि वैशाख २२ गते लाग्ने मेलाको अवसरमा आयोजित दौड प्रतियोगितामा पुरुष तर्फ पहिलाे हुनेले नगद २५ हजार २ सय १५, दोस्रो हुनेले २० हजार १ सय १५ र तेस्रो हुनेले १५ हजार १ सय १५ रूपैयाँ र प्रमाणपत्र र मेडल पाउने भएका छन् ।
त्यस्तै महिला तर्फ पहिलाे थम हुनेले १५ हजार १ सय १५, दोस्रोले १० हजार १ सय १५ र तेस्रो हुनेले ५ हजार १५ रूपैयाँ मेडल र प्रमाणपत्र पाउने भएका छन । पर्यटन प्रवर्द्धन तथा लोप हुँदै गएकाे कला संस्कृतिलाई संरक्षण तथा दौडमा प्रतिभा भएका खेलाडीहरुलाई अवसर दिने उदेश्यका रहेको सिधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार श्रेष्ठको भनाइ छ ।
दौड प्रतियोगितामा पुरुष तर्फ १० किलोमिटर र महिला तर्फ ७ किलोमिटर रहेको छ । त्यस्तै धाननाच प्रतियोगितामा पहिलाे हुने समूहले २० हजार १ सय १५, दोस्रो हुने समूहले १५ हजार १ सय १५ र तेस्रो हुने समूहले १० हजार १ सय १५ रूपैयाँ नगद प्रमाणपत्र पाउने छन ।
कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनका निम्ति गाउँपालिकाले सहयोग गर्दै आएको छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो । प्रतियोगिताहरु साथै विभिन्न साँस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा पूर्वीपहाड र तराईका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्