३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


अर्घाखाँचीको छत्रदेवमा कृषि उपजको बजारीकरण कार्य सुरू


1.547k
Shares

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पैचो पसलसँगको सहकार्यमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण कार्य सुरु गरेको छ ।

बुटवलमा रहेको पैचो पसलसँगको सहकार्यमा संचालनमा आएको अभियानले कृषकका उत्पादनहरुको बजार सुनिश्चितताको समेत अवसर सिर्जना हुने भएकाे हाे । गाउँपालिका भित्रका विभिन्न ठाउँमा संकलन केन्द्र तोकिएको छ ।

फरक-फरक दिन ति ठाउँबाट कृषि उपजहरु संकलन र बजारीकरण गरिने साेही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ बताउनुभएकाे हाे । यो अभियानले स्वरोजगारी आयआर्जन वृद्धि पुग्ने अपेक्षा राखिएको उहाँकाे तर्क छ ।

त्यस्तै, कृषकले उत्पादन गरेका वस्तु अब खेर नजाने साेही गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो। स्थानीयस्तरमा उत्पादन गरेका नगदेबाली र फलफूल लगायतका कृषिजन्य वस्तुको बजारको बजारीकरण गरेकोमा स्थानीयवासी पनि निकै खुशी भएको उहाँले बताउनुभयो ।