
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले कृषि तथा पशुपालनमा आत्मनिर्भर हुन स्थानीय कृषकहरुको अनुगमन सुरु गरेको छ । व्यावसायीक कृषकहरुलाई प्राविधिक, आर्थिक,भौतिक सहयोग र अनुदान प्रदान गर्न गाउँपालिका सबै कृषकहरुको घरदैलोमा पुगी रहेको छ ।
भोजपुरको अरुण गाउँपालिकाले कृषि तथा पशुपालनमा आत्मनिर्भर हुन गाउँपालिका क्षेत्रभरीका कृषक तथा कृषि समुह, निजी फर्महरुको अनुगमन सुरु गरेको छ । सोही क्रममा पछिल्लो समय गाउँपालिका क्षेत्रभरीका बाख्रा तथा पशुपालन व्यवसायीको र्फम अनुगमन गरेको हो ।
कृषकहरुको लगानी, आवश्यक्ता तथा समस्या पहिचान गरी उनीहरुलाई प्राविधिक, आर्थिक तथा भौतिक सहयोग एंव अनुदान प्रदान गर्न गाउँपालिकाले सबै कृषकहरुको घरदैलोमा पुगेर वास्तविक कृषकहरुको पहिचान सुरु गरेको हो ।
गाउँपालिकाले कृषि तथा पशुपालन व्यावसायको सम्भावना अध्ययन, स्थानीय उत्पादन वृद्धि, पकेट क्षेत्र निर्धारण, बाली लगाउने क्षेत्र पहिचान, भौगोलिक विकटतामा पुर्वाधार निमार्ण लगायत कार्य गर्न अनुगमनले टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो ।
२०५८ सालमा २ वटा बाख्राबाट सुरु गरेको बाख्रा व्यवसायमा हाल १ सय ७५ वटा बाख्रा पालेको र उक्त व्यवसायले आफूलाई राम्रो आम्दानी भएको अरुण गाउँपालिका ४ चरम्बी वेलटारका बाख्रा कृषक विर्ख बहादुर राईले बताउनुभयो । उनी त प्रतिनिधि पात्र मात्र हुन् अहिले गाउँपालिकाभित्र पशुपालन र कृषि क्षेत्रमा धेरै युवाहरु समेत सम्लग्न हुन थालेका छन् ।
कृषि तथा पशुपालनमा आत्मनिर्भर हुन किसानहरुको घरदैलेमा पुगेर समस्या पहिचान तथा समाधानका लागि अरुण गाउँपालिकाले गरेको यो कार्य निकै महत्वपुर्ण रहेको छ ।
आफ्नै गाउँमा केही गर्छु भनेर लागेका युवाहरुलाई गाउँपालिकाले कृषि लगायत जुनसुकै पेशामा प्रोत्साहन गर्न आवश्यक छ भने प्रभावकारी ढंगले लागि परेमा गाउँमै युवा स्वरोजगार तथा कृषिमा साच्चिकै आत्ममनिर्भर हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्