
बझाङ । बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन्।
सुर्मा गाउँपालिका–१ बेवडी घर भएकी ३२ वर्षीया झल्ला देवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन् । उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न ९ गते घरबाट जानू भएको थियाे ।
२/३ दिन देखि लगातार पानी संगै हिमपात भए पछि उनी घर फर्किने क्रममा हिमपहिरामा परेर बेपत्ता भएको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश बहादुर बाेहराले बताउनु भयाे ।
उनी संगै हिमपहिरामा परेर घरपालुवा कुकुर समेत बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी का अनुसार बेपत्ताकाे खाेजिका लागि जिल्ला बाट प्रहरीकाे टाेलि परिचालन गरिएको छ ।
हिमपहिराे गएको ठाउँ टाढा भएको कारण घटना स्थलमा प्रहरी भाेलि मात्रै पुग्ने भण्डारी ले बताउनु भयाे । घटनाको थप विवरण आउन बाँकी रहेकाे भण्डारीकाे भनाइ छ । उनको साथमा रहेका दुई वटा छोरा भने सकुसल घर पुगेको बताइएको छ । घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्